गोरखा । गोरखा सदरमुकाममा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा बिगत ४ दिनदेखी लगाइएको ताला सहमती पछी खोलिएको छ ।
क्याम्पस प्रशासन र ब्यवस्थापन पक्षले बिद्यार्थीहरुको मागका बिषयमा सहमती जनाए संगै आइतबारदेखी प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलिएको नेपाल बिद्यार्थी संघ द्रब्यशाह बहुमुखी क्याम्पस ईकाएका सभापति प्रमोदजंङ कुवरले बताए ।
कुवरका अनुसार क्याम्पस प्रशासनले बिगतमा गरेका गल्ती, कमिकमजोरीका सम्वन्धमा आत्मालोचन गरे पछी सबै बिद्यार्थी संघ संगठनले ताला खोल्ने सहमती गरेको बताए ।
बिद्यार्थी संघ संगठन र क्याम्पस प्रमुख तथा ब्यवस्थापन बिच भएको सहमती अनुसार क्याम्पसको दैनिक पठनपाठन तथा प्रशासनिक कार्यहरु सञ्चालन गर्न क्याम्पस प्रशासनको तर्फबाट प्रतिबद्वता गराए संगै विभिन्न बुदामा सहमती भएपछी ताला खोलिएको स्वतन्त्र बिद्यार्थी युनियन शौनक घिमिरेले बताए ।
सहमती अनुसार नियमित पठनपाठनकालागी ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायका विभागिय प्रमुखलाई जिम्मेवारी दिने, नियमित पठनपाठनकालागी सम्वन्धित शिक्षकलाई निर्देशन दिने, विद्यार्थीहरुको उपस्थितीबा बारेमा सहायक क्याम्पस प्रमुखले अभिलेख राख्ने तथा कयाम्पसको आन्तरिक परिक्षामा धेरैभन्दा धेरै बिद्यार्थीहरुलाई सहभागीता गराउन स्ववियू र बिद्यार्थी संघ संगठनसंग समन्वय गर्ने निर्णय भएको अखिल क्रान्ँितकारीका अध्यक्ष अनिश अर्यालले जानकारी दिए ।
बिद्यार्थीहरुले क्याम्पस प्रमुखको राजिनामा मागेका भएता पनि यो बिषयमा सम्झौतामा केही उल्लेख गरिएको छैन । सहमती अनुसार प्रशासनिक कार्य तर्फ प्राज्ञिक परिषद मार्फत क्याम्पसमा सञ्चालित कार्यक्रमहरुको योजना, मुल्यांकन, पाठयक्रम निरन्तरता र अतिथी भ्रमणलाई ब्यवस्थित गर्ने र अब उपरान्त शिक्षक कर्मचारीहरुको दैनिक हाजिरी दैनिक गराउने सहमती भएको छलफलमा सहभागी बिद्यार्थी नेताहरुले जानकारी दिए ।
त्यस बाहेक पनि बिद्यार्थी, क्याम्पस प्रशासन र सञ्चालक बिच प्रशासनिक कार्यहरुलाई सफ्वयर मार्फत सुरक्षित राख्ने, हरेक महिना भए गरेका कामहरुको रिर्पोङ गर्ने, हरेक महिना कर्मचारीहरुको बैठक राख्ने, क्याम्पसका नियमीत सरसफाई गर्ने गराउने, छात्राहरुकोलागी सेनेटरी प्याडको ब्यवस्था गर्ने, औषधीको ब्यवस्थापन गर्ने, शैक्षिक क्यालेन्डर अनुसारको अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने सहमती भएको छ ।
सहमती बमोजिम अबदेखी क्याम्पसमा नयाँ निर्माण तथा मर्मत संभारकालागी अबदेखी खरिद ऐनमा उल्लेख भए बमोजिम मात्र कार्य गर्ने, क्याम्पसले बितरण गर्ने छात्रबृत्ती वा शुल्क मिनाहलाई प्रभावकारी बनाउन छात्रबृत्ती सिफारीस समितिले सिफारीस गरे बमोजिम गरिने, पुस्तकालयलाई थप ब्यवस्थित गराउने सहमती भएको नेविसंघका सभापति कुवरले जानकारी दिए ।
ब्यवस्थापन समितिका अध्यक्ष शित्तलकाली मास्केको उपस्थितीमा भएको सहमती अनुसार क्याम्पसमा हुने सेमिनार, गोष्ठी तथा अनुसन्धानात्मक कार्यहरुमा स्ववियूलाई सहभागी गराउने, शिक्षक कर्मचारीहरको भर्ना तथा पदोन्नतीकालागी बिद्यान अनुसार तत्कालै कार्य गर्ने, सबै विभाग, समिति, उपसमिति लगाएत इकाईहरुलाई सक्रिय बनाएर मासिक रुपमा रिपोर्टीङ लिने तथा विगत २ बर्षदेखी क्याम्पसमा भएको शिक्षक कर्मचारीहरुको भर्ना सम्बन्धमा आवश्यक कागजातहरु ७ दिन भित्र पदपूर्ति समिति मार्फत ल्याउने भन्दै क्याम्पस सञ्चालनको क्रममा क्याम्पस प्रशासनबाट भएका कमीकमजोरीहरुको आत्मालोचना गरी आगामी दिनमा नदोर्याउने प्रतिवद्वता सहितको निर्णय भएको क्याम्पस प्रशासनले जनाएको छ ।
सहमती भएका कुराहरु







