अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।
उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएकाे प्रहरी निरीक्षक रिजालले बताए ।


