गोरखा । गोरखा आँखा सेवा केन्द्रले मोतियाविन्दु भएका ३३ जनाको निःशुल्क शल्याक्रिया सम्पन्न गरेको छ । १९, २० र २१ गतेगरी ३ दिनसम्म सञ्चालन गरेको मोतियाविन्दुको शल्यक्रिया शिविरमा विरामीहरुको मोतियाविन्दुको शल्यक्रिया गरेको केन्द्रले जनाएको छ ।
शिविरमा गोरखा नगरपालिकाका ११ जना, बारपाक सुलीकोट गाउँपालिकाका ६ जना, भिमसेनथापा गाउँपालिका र सहिद लखन गाउँपालिकाका ४–४ जनाको शल्यक्रिया गरिएको हो ।
त्यस्तैगरी, शल्यक्रिया शिविरबाट अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका २–२ जना, आरुघाट गाउँपालिकाका तथा तनहुँको भानु नगरपालिका १–१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको केन्द्रका प्रशासकिय अधिकृत विश्वप्रसाद अर्यालले जानकारी दिए । शल्यक्रिया गरिएका मध्ये २२ जना महिला र ११ जना पुरुष रहेको उनले जानकारी दिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले नियमित रुपमा आँखा जाँच गरादै शल्यक्रिया गनुपर्नेहरुलाई महिनाको ३ दिन उक्त सेवा दिदै आएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिधालयमा, समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको छ ।


