गोरखा । गोरखा बारपाकका चन्द्र घले १४ किलो सुन सहित पक्राउ परेका छन् । घलेलाई राजधानीको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई पक्राउ गरिएको हो । पक्राउ परेका घलेले सुनको प्लेट बनाएर शरिरमा लुकाएर ल्याएका थिए ।
घलेबाट बरामद भएको सुन आज तौलिने र त्यसको गुणस्तर परीक्षण गरिने भएको छ । प्रहरीले घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी गरिरहेको जनाएको छ ।



