गोरखा । गोरखाको पालुङटा।मा १ जना महिलाको वेवारीसे शब फेला परेको छ । बिहिवार पालुङटार नगरपालिका वडा नम्बर–६ कुमालटारी स्थित गोरेको बाटोको नजिकै नाम, थर, वतन खुल्न नसकेको अन्दाजी २५ वर्षकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृतक महिला को हुन भन्ने कुराको पहिचान हुन नसकेको गोरखा प्रहरीले जनाएको छ । गोरेटो बाटोमा कम्बलले पोका पारेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शबलाई रातो रंगको ब्लाङ्कोटले बेरेको अबस्थामा फेला परेको हो । मंगोलीयन जस्तो देखीने महिलाको उचाई ४ फिट ५ ईन्च रहेको र महिलाले सेतो रङ्गको टप्स र खैरोमा सेता धर्का भएको ट्रयाक, गुलाबी रंगको स्पोर्टस जुत्ता लगाएको पनि गोरखा प्रहरीले जनाएको छ ।
शव पहिचाहनको लागि प्रहरीले प्रयास गरीरहेको जनाएको छ ।



