×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लैङ्गिक हिंसा बिरुद्ध गोरखा सदरमुकाममा अन्तरक्रिया

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भरोसा महिला समुहले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा विहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    महिलाहरुको हक अधिकार, क्षमता अभिबृद्धि तथा सचेतनाको क्षेत्रमा काम गर्दै आएको समुहले जिल्ला समन्वय समितिको सभाहलमा ‘‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको औचित्य र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, कार्यक्रमको उद्देस्य र भूमिका लगायतका बिषयमा कार्यपत्र पेश गरेका थिए ।

    कार्यपत्र माथि अधिबक्ता यादव शर्माले टिप्पणी गरे । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले महिलाहरुले संविधानमा अधिकार प्राप्त गरेको भएपनि व्यवहारमा संविधान प्रदत्त अधिकारको उपयोग गर्न पाउने अवस्थामा अझैपनि नरहेको बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले घरेलु हिँसाको घटनामा पिडित ब्यक्तीले बाहिर ल्याउन नचाहाने गरेकाले पनि समस्या हुने गरेको बताए । उनले पिडामा परेकालाइ हौसला दिने काम समुदाय स्तरबाट समेतबाट हुनुपर्नेमा जोड दिए ।

    जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले लैङ्गिक हिंसाका घटनामा पुरुषले महिला माथि गर्ने हिंसा अधिक रहेको भन्दै स्थानीय सरकारहरुले महिलाहरुको क्षमता विकास र सशक्तिकरणमा लाग्नुपर्नेमा जोडदिइन ।

    कार्यक्रम गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले महिलाहरूलाई आर्थिक रुपमा सवल बनाउन सके लैङ्गिक हिँसा न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गरे । समाजमा हुने बर्गिय विभेद सवैखालका विभेदको प्रमुख कारण रहेको भन्दै उनले बर्गिय बिभेदको अन्त्य गर्नसके लैङ्गिक हिंसाका घटना पनि कम हुने बताए ।

    नगरप्रमुख रानामगरले नेपालमा पितृसत्तात्मक संरचनाको कारणले पनि महिला माथिको हिंसाको घटना हुने गरेको बताए । उनले गोरखा नगरपालिका समाजमा हुने नकारात्मक कार्यको अन्त्यका लागि सवैसंग सहकार्य र हातेमालो गरेर अघि बढिरहेको बताए ।

    कार्यक्रममा राष्ट्रिय भूमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्कीले भरोसा महिला समुहले महिला पक्षमा गर्दै आएको कार्यको प्रंससा गरिन ।

    त्यस्तै गोरखा नगरपालिका वडा नम्बर १३ की वडाध्यक्ष नेतृत्वले महिलालाई हेर्ने दृस्ठिकोणलाई नै परिवर्तन गर्नु पर्नेमा जोडमा दिइन । उनले महिला वडाअध्यक्ष हुँदा महिलाहरुलाई खुलेर कुरा राख्न सजिलो हुने भन्दै नेतृत्वमा महिलाहरुलाई पु¥याउनु पर्ने बताइन ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय गोरखाकी महिला सेलकी प्रमुख अस्मिता थापा मगरले घरेलु हिंसाका पिडित महिलाहरुले वडामा उजुरी दिन नचाहाने गरेको बताइन । उनले वडा भित्र उजुरी हुँदा पिडित महिलाले न्याय पाउछु भन्ने अनुभूति नहुँदा महिला सेलमा नै पिडित महिलाहरु आउने गरेको बताइन । थापामगरले चालु आर्थिक बर्षको पहिलो चौामासिक अवधीमा यो बर्ष अहिलेसम्म ८ वटा मात्र महिला हिंसाको सेलमा परेको जानकारी दिइन ।

    कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखाका कार्यपालिका सदस्य पम्फा गान्धारीले संविधान र कानुनले दिएको अधिकार प्राप्तीका लागि महिला लड्नु पर्ने अवस्थामा रहेको भन्दै यो अभियान सवै महिलाहरुको साँझा अभियान भएको बताइन ।

    समुहकी अध्यक्ष सावित्री थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिका भित्रका बिभिन्न वडाका महिला जनप्रतिनिधिहरु, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.