बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज १ जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको प्रहरीले जनाइएको छ ।
गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि ज्यान गएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट गंभिर घाइते भएकी थिइन । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै ज्यान गएको वडाध्यक्ष रोकायाले बताए ।


