गोरखा । सहमती अनुसारको काम नगरेको भन्दै आज ४ बिद्यार्थी संगठनले सदरमुकामको एक क्याम्पसमा तालाबन्दी गरिदिएको छ । गोरखा नगरपालिका–९ को लक्ष्मीबजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरिदिएको हो ।
स्वतन्त्र बिद्यार्थी युनियन, नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी बिद्यार्थी संगठन र अनेरास्ववियु बिद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा बिहीबार बिहान तालाबन्दी गरिदिएको हो ।
उनीहरुले प्रशासनको कमजोरी र वेथिती भएको सुधारकालागी पहल गर्दा पनि वेवास्ता गरेको भन्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिदिएको स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष सोनु घिमिरेले बताए ।
केही समय यता प्रशासनका कर्मचरी तथा लेक्चरको दैनिक उपस्थिती नभएको, कुनै पनि कार्यक्रममा स्वतन्त्र बिद्यार्थी युनियन तथा अन्य बिद्यार्थी संघ÷संगठनलाई सहभागी तथा कार्यक्रम गर्दा छलफल नगरेको बिषयमा हामीले पटक पटक क्याम्पस प्रमुखलाई जानकारी गराएको भएता पनि स्वईच्छाचारी ढंगले अगाडी बढेको कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको नेपाल बिद्यार्थी सघंका द्रब्यशाह ईकाइका अध्यक्ष प्रमोदजंङ कुवरले बताए ।
उनका अनुसार बिद्यार्थीहरुको पुस्तक, क्याम्पसको सरसफाई तथा बिद्यार्थी बिरामी पर्दा तत्कालै दिन सकिने सामान्य औषधी समेत पनि क्याम्पसले दिन नसक्ने भए पछि सबैसंघ संगठन संग छलफल गरेर तालाबन्दी गरिएको उनले जानकारी दिए ।
क्याम्पस प्रमुख रामचन्द्र दुवाडी भने तालाबन्दी पछी मात्र क्याम्पसमा पुगेका छन् । उनले भने ‘म कामको शिलशिलामा राजधानी थिए । यहाँ तालाबन्दी भएछ । बिद्यार्थीहरुको माग के हो हामी आजैदेखी छलफलमा जुट्छौ ।’




