×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६० मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

उत्तर कोरिया जनसंख्या घट्दै जान थालेपछी बढी बच्चा जन्माउन नेता किम जोङको आह्वान

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका छन् ।

    उनले महिलालाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनमा शेयर गरिएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    ११ वर्षपछि पहिलो पटक राजधानी प्योङयाङमा आयोजित आमाहरुको सम्मेलनमा किम बाहेक कैयौं महिलाहरु पनि रोएको देखिएको थियो । किम जोङले भने, सबै आमाले धेरै सन्तान जन्माउनु देशभक्ति हो भन्ने बुझेपछि मात्र शक्तिशाली समाजवादी देश निर्माण गर्ने हाम्रो लक्ष्य अगाडि बढ्न सक्नेछ ।

    उनले असामाजिक व्यवहारलाई जरैदेखि उखेल्ने र उत्तर कोरियाको विकासमा सहयोग गरेकोमा आमाहरूलाई धन्यवाद पनि दिए ।

    किमले १ भन्दा बढी सन्तान भएका परिवारलाई आवास, खाना र चिकित्सा सुविधाका लागि प्राथमिकता दिइने बताए । उनले बढी सन्तान हुने आमालाई उपचारमा अनुदान र प्राथमिकताको घोषणा पनि गरेका छन् ।

    अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उत्तर कोरियाको जन्मदर १.६ मात्रै छ, जुन निकै कम हो ।

    विज्ञहरूका अनुसार उत्तर कोरियामा जनसङ्ख्या कायम राख्न जन्मदर २.१ पुग्नुपर्छ । कोरोना महामारीका बेला विश्वभर लगाइएको प्रतिबन्धका कारण देशले धेरै समस्याको सामना गर्नु परेको छ ।

    त्यहाँ करिब २.५० करोड मानिस बस्छन्, जो भोकमरीबाट पीडित छन् । यसका साथै उत्तर कोरियाका नागरिक र विशेषगरी महिलाविरुद्धका मानवअधिकार अपराध पनि बढ्दै गएका छन् ।

    तानाशाह किम जोङले यसअघि पनि यस्ता धेरै आदेश दिएका छन् । २ वर्षअघि आफ्ना पिता तथा देशका पूर्व तानाशाह किम जोङ इलको १०औ पुण्यतिथिमा किम जोङले मानिसहरूलाई हास्न, किनमेल गर्न र मदिरा सेवन गर्न प्रतिबन्ध लगाएका थिए ।

    यसैगरी यसै वर्षको मार्चमा किमले बालबालिकालाई हलिउड फिल्म वा सिरिज हेर्न प्रतिबन्ध लगाएका थिए । उनले भनेका थिए, यदि बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे भने उनीहरु र उनीहरुका अभिभावक जेल जान सक्छन् । यति मात्र होइन, उनीहरुका अभिभावकलाई ६ महिनासम्म श्रम शिविरमा पठाएर मजदुरको रुपमा काम गर्न लगाइनेछ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.