×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सिन्धुलीमा दक्षिण कोरियाका गाई : प्रगति सुनेर कृषिमन्त्री दंग

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले १ वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरुको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् ।

    हवाई जहाज चढाएर काठमाडौंसम्म ती गाई पठाउँदाको रोचक अनुभव सम्झँदै मन्त्री केउनले आफ्नो देश दक्षिण कोरिया नेपाली किसानलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको लेखेका छन् ।

    मन्त्री चुंग ह्वांग–केउनले त्यहाँको लोकप्रिय पत्रिका कोरियन टाइम्सको अनलाई संस्करणमा यसरी सम्झेका छन् त्यो दिन । सन् २०२२ को डिसेम्बरमा कठ्याङरिदो चिसो थियो । चिसो मौसममा हामीले १०१ कोरियाली उन्नत जातका गाई नेपाल पठाउनका लागि विमानमा चढायौं ।

    हामी यसरी विदेशमा पहिलो पटक गाईवस्तु पठाउँदै थियौँ । त्यसैले पनि यसको तयारी सजिलो भने थिएन । यो परियोजनाको सफलता सुनिश्चित गर्न यहाँका सार्वजनिक र निजी क्षेत्रले कडा परिश्रम गरे । हामीले गाईहरुलाई सुरक्षित रूपमा बोक्नका लागि काठको पिँजराहरू बनाएका थियौं । जुन तिनीहरूको नश्ल र स्वास्थ्य अवस्थाको आधारमा देशभरका फार्महरूबाट चयन गरिएका थिए ।

    साथै, एशियाना एयरलाइन्सको सहयोगमा हामीले यात्रुवाहक विमानलाई कार्गोमा परिणत गर्यौ, जहाँ तापक्रम र आर्द्रताको स्तर नियन्त्रण गर्न सकिन्छ । यी सबै प्रयासका बावजुद, १० महिनाभन्दा कम उमेरका गाईहरु सकुशल नेपाल नपुगुन्जेलसम्म उनीहरुलाई निरन्तर पिन र सुई दिइरहेका थियौं ।

    पछि नेपालबाट खबर आयो, ‘आठ घण्टाको उडान र मालवाहक ट्रकमा १० घण्टाको लामो यात्रापछि अन्ततः सबै गाईहरु नेपालको सिन्धुली जिल्लाको एउटा गाउँमा आइपुगेका छन् र सबैको स्वास्थ्य अवस्था ठीक छ ।’ अनि तिनीहरूको सुरक्षाको लागि हामीले गरेका सबै प्रार्थनाहरू चमत्कारित रुपमा सत्य सावित भयो ।

    आधा शताब्दी पहिले, कोरिया डेरी व्यवसायमा अविकसित देशहरू मध्ये एक थियो जहाँ गाईले दैनिक औसत १० लिटरभन्दा कम दूध उत्पादन गर्दथे । आजको मितिसम्म आइपुग्दा दैनिक औसत ३२ लिटर दूध उत्पादन गर्दै कोरिया एसियामा सबैभन्दा राम्रो उत्पादकर्ता भएको छ भने विश्वमा छैठौं स्थानमा छ ।

    यो उल्लेखनीय विकास कोरियालाई प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समुदायको सहयोगबाट नै सम्भव भएको हो । कोरियाली युद्धपछि यहाँ दुग्ध खेतीको सम्भावना नरहेको भूमि जस्तै बनेको थियो । हामीले सन् १९५२ देखि १९७६ सम्म एक विश्वव्यापी गैर नाफामुखी संस्था हेफर इन्टरनेशनलबाट ९०० वटा गाई र प्राविधिक तालिम पायौं । पछि हामीले गाईको नश्ल विकास गर्न राष्ट्रव्यापी प्रयास जारी राख्यौं । यो अटल प्रयास नै आज उन्नत दुग्ध उद्योगमा परिणत भएको छ ।

    नेपाललाई दिइएका उन्नत गाई हामीले विगतमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको सहयोगले पनि हेफर इन्टरनेशनलले बनाएको सहयोगी परियोजना हो । परियोजनालाई सम्भव बनाउन धेरै कोरियालीहरूले स्वेच्छिक रूपमा क्राउडफन्डिङमा सहभागि भएका थिए । दुग्ध किसानहरूले आफूले पाल्दै आएका गाईहरु नै दान गरे । अन्तर्राष्ट्रिय समुदायले दिएको गाईबाट दुग्ध व्यवसाय सुरु गरेका पशुपालक कृषकहरू दुध दिने गाई दानमा सामेल भएकाले यस परियोजनाको थप महत्व बढेको छ ।

    अब, कोरियाली सरकारले नेपाली दुग्ध उद्योगले कोरियाले चालेको बाटो पछ्याउन सकोस् भन्नका लागि चन्दा बाहेक विभिन्न माध्यमबाट सहयोग गरिरहेको छ । यस वर्षको मार्चमा, हामीले कृत्रिम गर्भाधानका लागि थप उच्च गुणस्तरको प्रजनन गराउन साँढे र डेयरी बुलको वीर्य उपलब्ध गरायौं । मे र अक्टोबरमा, हामीले कृत्रिम गर्भाधान, प्रजनन र रोग व्यवस्थापनको क्षेत्रका विज्ञहरू पनि नेपाल पठायौं, जसले स्थानीय किसानहरूको आवश्यकता अनुरूप शिक्षा र तालिम प्रदान गरेको महसुश गरेका छौं ।

    भर्खरै, हामीले सिन्धुली पुगेका ३१ गाई गर्भवती भएको खुशीको खबर सुन्यौं । सोही अनुसार आगामी फागुनमा नेपालमा प्रजनन विज्ञ पठाउने योजना छ । यो महत्वपूर्ण नतिजा एकल घटनाको रूपमा समाप्त नहुने सुनिश्चित गर्न हामी नेपालका लागि आधिकारिक विकास सहायता परियोजनाहरू विस्तार गर्न जारी राख्ने योजना पनि बनाएका छौं ।

    कोरियाले सन् १९५० को दशकमा कोरियाली युद्धपछि विश्वभरका देशहरूबाट ओडीएलगायत अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्यो । कोरिया विश्वको एक मात्र यस्तो राष्ट्र हो जसले आफूलाई सहायता प्राप्तकर्ताबाट दाता देशमा परिणत गरेको छ ।

    हामी अन्य देशहरूसँग उल्लेखनीय विकासको बारेमा हाम्रो अनुभव र ज्ञान साट्न अन्तर्राष्ट्रिय समुदायसँग बलियो एकता निर्माण गर्न खोजिरहेका छौं । कोरिया र नेपालले लामो समयदेखिको विश्वास र मित्रतामा आधारित पारस्परिक र सहयोगी सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् । म नेपालका जनताको समर्थनको लागि आह्वान गर्न चाहन्छु ताकि दुवै देशले मिलेर काम गरेर थप फलदायी नतिजाहरू सिर्जना गर्न सकून् ।

    कोरियाली युद्धले ध्वस्त भएको दक्षिण कोरियाको उल्लेखनीय आर्थिक बृद्धिमा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोगले प्रेरणादायी शक्तिको रूपमा काम गरेकोले नेपालका सबै जनताले प्रचूर मात्रामा उपभोग गर्न सकून् भनेर १०१ कोरियाली उन्नत जातका गाईले नेपालमा चमत्कार ल्याउनेछ भन्नेमा म पूर्ण विस्वस्थ छु ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.