साँकेतिक तस्बिर
बागलुङ । बडीगाड गाउँपालिका–१० चैते बस्ने आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय हिरालाल बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हिरालालले आइतबार राति सामान्य विवाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा लालमानको घटनास्थलमै ज्यान गएको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीको टोलीले हिरालाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


