गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गर्ने तयारी पुरा भएको छ । पालिकाले निस्सा वितरणका लागि नीतिगत निर्णय गर्दै पालिकामा सेवा केन्द्र प्रमुख तोकेर निस्सा वितरणको तयारी थालेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘‘सामागाउँ र ल्होका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका डाटा इन्ट्री गर्ने काम सवै सम्पन्न भइसक्यो, उनले भने, ‘‘सेवा केन्द्र प्रमुख पनि तोकी सकिएको छ, अव निस्सा वितरणको तयारी थालिएको छ ।’’
गाउँपालिकाले पालिकाको योजना शाखाका प्रमुख वेदप्रसाद ढकाललाई सेवा केन्द्र प्रमुख तोकेको अध्यक्ष लामाले जानकारी दिए । अन्य वडाहरुमा पनि क्रमश निस्सा वितरण गर्दै जाने तयारी गाउँपालिकाले गरेको छ ।
‘
‘यि दुईवटा वडामा बिगत लामो समयदेखि ठूलो समस्या रहदै आएको छ, अध्यक्ष लामाले भने, ‘‘स्थानीबासीहरुले लामो समयदेखि नै घर बनाएर बसोबास गर्दै आएका छन, तर लालपुर्जा नभएपछि त्यहाँका स्थानीबासीहरुले कठिनाई भोग्दै आइरहेका छन् ।’’
स्थानीयबासीहरुले गाउँपालिकासंग विकास भन्दापनि बस्ने अधिकारका लागि लालपुर्जा माग गर्ने गरेको उनको भनाई छ । ‘त्यस क्षेत्रका स्थानीयबासीहरुको एउटै माग मात्र त्यहाँका भूमिपुत्रहरुलाई लालपुर्जाको व्यवस्था गरिदिनु प¥यो भन्नेछ, अध्यक्ष लामाले भने, ‘‘सडक बाटोघाटो र पूर्वाधार निर्माण भन्दा पहिले लालपुर्जा चाहियो भन्ने स्थानीयबासीहरुको पहिलो माग छ ।’’
पालिकाको भुमिहिनको समस्या लिएर आफु राष्ट्रिय भूमि आयोगमा पुगेर आयोगका पदाधिकारीहरुसंग समेत छलफल गरेको उनले बताए । चुमनुब्री गाउँपालिका मनास्लु संरक्षण क्षेत्रमा पर्ने र संरक्षण क्षेत्रमा भुमिहिन तथा सुकुम्बासीलाई लालपुर्जा दिन नमिल्ने नीतिगत व्यवस्था भएकाले वन ऐन संसोधनको आवश्यक रहेको अध्यक्ष लामाको भनाई छ ।
चुमनुब्री गाउँपालिका संरक्षित क्षेत्रमा पर्ने भएकाले संरक्षित क्षेत्रका भुमिहिन तथा सुकुम्बासीहरुका लागि जमिन उपलब्ध गराउन भएका नीतिगत समस्याका बारेमा राष्ट्रिय भुमि आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुसंग समेत छलफल गरेको जानकारी दिए ।
‘‘निुकन्ज तथा संरक्षित क्षेत्रमा समेत भुमिहिन तथा सुकम्बासीलाई जग्गा उपलब्ध गराउन सकिने गरी सरकारले अध्यायदेश ल्याउन लागेको जानकारी आयोगले दिएको छ, अध्यक्ष लामाले भने, ‘‘उक्त अध्यायदेश पास भएपनि चुमनुब्रीका भुमिहिन तथा सुकुम्बासीहरुलाई पनि लालपुर्जा उपलब्ध गराउन सहज हुनेछ ।’’



