×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखामा हिमपात पर्न सुरु, जनजीवन कष्टर (केही तस्बिरहरु समेत)

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको हिमाली क्षेत्रमा हिमपात पर्न सुरु भएको छ । जिल्लाको चुम र नुब्री भ्यालीमा भ्याली आज विहानैदेखि हिमपात पर्न थालेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।


    सामागाँउमा परेको हिउँको दृष्य

    चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँ क्षेत्रम हिउँ परिरहेको साम्दोका होटल ब्यवसायी निमा दोर्जे लामाले बताए । ‘आज बिहानैदेखि ल्हो भन्दामाथी हिउँ परिरहेको छ , उनले भने ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकोले चिसो अत्याधिक बढेको छ ।’

    सामागाँउमा परेको हिउँको दृष्य

    हिउपात पर्न सुरु भएसंगै उत्तरी गोरखामा बसोबास गर्ने सर्वसाधारणको दैनिक जनजीवन कष्टकर हुन थालेको लामाले जानकारी दिए । हिउपातका कारण गाईबस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाई हुन थालेको उनले बताए ।

    सामागाँउमा परेको हिउँको दृष्य

    अत्याधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ । चिसोले बृद्धबृद्धा र बालबच्चालाई बढी समस्या हुने गरेको लामाको भनाई छ ।

    सामागाँउमा परेको हिउँको दृष्य

    उत्तरी गोरखा पश्चिम तर्फको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट ३ हजार ५५० मिटर उचाईमा पर्दछ । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ । हिउँ पर्न थाले संगै साम्दाेकाे सञ्चार सम्पर्क भने बिच्छेद भएकाे छ ।

    त्यस्तैगरी, चुम भ्याली तर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानिय छाङ दोर्जे लामाले जानकारी दिए ।

    त्यस क्षेत्रमा पनि पानीका मुहान जम्न थालेसंगै खानेपानीको समस्या हुने उनले बताए । घरपालुवा पशुबस्तुलाई चरन क्षेत्रमा लान समस्या भएको लामाले बताए । निले गाउँ समुन्द्री सहतबाट ३ हजार ३०० मिटर अग्लो स्थानमा पर्दछ ।

    निलेमा परेको हिउँको दृष्य

    हिमपात पर्न सुरु भएसंगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई समेत समस्या भएको छ । उनीहरु अहिले होटलमा नै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को कार्यालयले जनाएको छ ।

    निलेमा परेको हिउँको दृष्य

    हिमपात भएसंगै चुम भ्यालीमा पनि चिसोका कारण सामान्य जनजिवन बिस्तारै कष्टकर हुन थालेको छ । चुम भ्यालीको चुम्चेत र छेकम्पारमा पनि बिहानैदेखी हिमपात हुन थालेकाले चिसो बढेको गाउँपालिका अध्यक्ष लामाले बताए ।

    निलेमा परेको हिउँको दृष्य

    हिमपात सुरु भएपछि स्थानीय किसानहरु भने खुशी भएका छन् । हिउँका कारण सुख्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसानहरु खुशी भएका हुन् । लामो समयसम्म पानी नपर्दा जमिन सुख्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ । साथै अहिले परेको हिउँले यार्सागुम्बा (किरा) पनि राम्रो निस्कने साम्दोका ब्यवसायी निमा दोर्जे लामाले बताए ।

    तस्बिर  : निले गाउँका तेन्जिन छेडा लामा (चुम्पा) र  सामागाँउ तर्फ निमा दाेर्जे लामा

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.