विराटनगर । झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए ।
दुर्घटनापछि मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका-३ का २० वर्षीय मनिष बास्कोटाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


