साँकेतिक तस्बिर
कावासोती । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराई भएको प्रहरीले जनाएको छ ।
रुपेशले ६० वर्षीय बुवा होमबहादुर दराईलाई कुचोको डाँठले हानेर हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । कुचोको डाँठले हन्दा होमबहादुर गंभिर घाईते भएका थिए ।
होमबहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको थियो । लगत्तै प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीको टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



