गोरखा । दरौंदी नदी किनारमा एक बृद्ध पुरुषको शव फेला परेको छ । शव बारपाक सुलिकोट गाउँपालिका–६ को ताकुकोट मसारका ७४ बर्षिय जगबहादुर बरामको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
शुक्रबार साँझतिर झाङटार भन्ने स्थानको दरौंदी नदी किनारमा शव तैरिरहेको अवस्थामा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै ईलाका प्रहरी कार्यालय जौबारीबाट गएको टोलीले मृत्तक ब्यक्ति बराम भएको पुष्टी गरेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बरामको शव उनका आफन्तलाई बुझाइएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















