×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा संग्रालय अबलोकन गर्न आन्तरिक र बाह्रय पर्यटकको ओइरो (केही तस्बिहरु सहित)

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । प्रचार प्रसार संगै गोरखा सदरमुकाममा रहेको गोरखा संग्रालय अबलोन गर्नेहरुको भिड लाग्ने गरेको छ । गएको ४ महिनामा मात्रै संग्रालयको ३० हजारभन्दा स्वदेशी तथा विदेशीहरुले अबलोकन गरेको गोरखा संग्रालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

    संग्रालय भित्र तात्कालिन अवस्थाको गोरखा र नेपाल झल्कीने खालका ऐतिहासिक, पुरातात्विक र कला संस्कृती झल्कने खासको बस्तुहरु राखिएका कारण पनि संग्रालय अबलोकन गर्नेहरुको संख्यामा पछिल्लो समय उल्लेखनीय रुपमा बृद्वि भएको प्रमुख अधिकारीले बताए । ‘संग्रालय भित्र तात्कालिन गोरखा राज्य र पृथ्वीनारायण शाह संग सम्बन्धीत बस्तुहरु राखिएको छ’ उनले भने ‘गोरखा राज्य र पृथ्वीनारायण शाहका बिषयमा बुझनका लागि पनि संग्रालय अबलोकन गर्नेहरको संख्यामा बृद्विभएको हो ।’

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो आर्थिक बर्षको साउनदेखी कार्तिक मसान्तसम्ममा ३० हजार ७८७ जनाले संग्रालयको अबलोकन गरेको देखिन्छ । जस अनुसार साउनमा ६ हजार २४९, भाद्रमा ४ हजार ८४९, असोजमा ५ हजार ३०९ जना र कार्तिकमा १४ हजार ३८० जनाले संग्रालयको अबलोकन गरेको छ ।

    सिजन अनुसार अहिले बिद्यार्थीहरुको शैक्षिक भ्रमण भएका कारणले पनि कार्तिकदेखी अबलोकन गर्नेहरको संख्यामा ह्रवात्तै बृद्वि भएको प्रमुख अधिकारीले बताए । ‘बिद्यार्थीहरुको शैक्षिक भ्रमणका कारण पनि अहिले धेरै भएको हो’ उनले भने ‘बिद्यार्थीहरुको रोजाईमा गोरखा परेको र संग्रालय बजार बिचमा भएका कारण पनि अबलोकन गर्नेहरु बढेको हो ।’

    संग्रालय भित्र विभिन्न जातजाती झल्कने डमी, पुराना बाजाहरु, तात्कालिन गोरखा राज्यका समयमा प्रचलनमा रहेका सिक्का तथा पृथ्वीनारायण शाहको ५२ हात लामो चिना एवं त्यस बेला लडाइमा प्रयोग गरिने हतियार र साँकेतिक राजगद्वी राखिएको छ ।

    अबलोकन कर्ताहरुको आँखामा भने तात्कालिन गोरखा राज्य र त्यसको ईतिहास तथा सेनाले प्रयोग गरेको हतियारमा पर्ने गरेको पनि प्रमुख अधिकारीले जानकारी दिए ।

    संग्रालय अबलोकन गर्न आउने चाप बढेसंगै गत बर्षदेखी नै दशै र तिहारको बिदा बाहेक अन्य दिनमा खुल्ला गर्ने गरिएको छ । संग्रालय प्रशासनले दिएको जानकारी अनुसार यस बर्षको दशै र तिहारमा ३–३ दिन मात्र बन्द गरेर अन्य दिन सेवा दिइएको थियो ।

    यो आर्थिक बर्षको कार्तिक मसान्तसम्म ८ हजार १८० जना बिद्यार्थी,, २२ हजार १०६ जना नेपाली, सार्क राष्ट्रका ४८ जना र ४५३ जना विदेशीले संग्रालयको अबलोकन गरीसकेको छ ।

    मंसिर महिना बिद्यार्थीहरुको सिजन भएका कारण यो महिना संग्रालय अबलोकन गर्नेहरुको संख्या २० हजार माथी नाग्ने अनुमान रहेको प्रमुख अधिकारीले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.