काठमाडौं । स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु. १ क १७७८ नम्बरको बसले लु. ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा २ जनाको ज्यान गएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको ज्यान गएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।
घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका-४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको ज्यान गएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि बस चालक भने फरार रहेको र उनको खोजीकार्य भैरहेको छ ।


