गोरखा । गोरखा सदरमुकाम स्थित एक पुस्तक पसलमा गएराती आगलागी भएको छ । गोरखा नगरपालिका –७ स्थित नयाँ बजारको गोरखा सप्लायर्स पुस्तक तथा स्टेसनरी पसलमा आगलागी भएको हो ।
आगलागीबाट के कती क्षती भएको हो त्यसको बिवरण भने आउन बाँकी छ ।
आगलागी राती करिब ११ः३० बजेको प्रहरीले जनाएको छ । आगलागीबाट पुस्तक पसलमा रहेका सवै पुस्तकहरु तथा स्टेसनरीका समानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी हुने बित्तिकै स्थानीयबासीहरु र प्रहरी आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगलागीको केही समय पछी दमकलको सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


