काठमाडाैं । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ ।
महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बसको ठक्करबाट गंभिर घाईते भएका उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट अर्का १ जना पैदल यात्रीको पनि ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।


