साँकेतिक तस्बिर
विराटनगर । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणमा परी १ जना युवकको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिका-२ शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको ज्यान गएको प्रहरीले पुष्टी गरेकाे हाे ।
घर नजिकै जंगली हात्ती घुमिरहेको देखिएपछि स्थानीय बासिन्दा धपाउन भेला भएका थिए । भगाउने क्रममा उनलाई हात्तीले कुल्चिएको थियो । प्रहरीका अनुसार खड्काकाे घटना स्थलमा नै ज्यान गएकाे थियाे ।
मृतक खड्काको शव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।


