जाजरकोट । कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर १ जना बालिकाको ज्यान गएको छ ।
कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान ज्यान गएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए ।
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि बालिकाको परिवार पालमुनि बस्दै आएको थिए ।


