काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज २ अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पार्धा हुने भएको छ ।
यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए । अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन् ।
ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो भने पोखराल एफसी चितवनलाई १-० ले पराजित गरेको थियो ।
दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडिलाई समाबेश गराएका छन् । पोखरा र ललितपुरबीचको खेल आज साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।




















