दमौली । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये ज्यान गुमाएका २ जनाको सनाखत हुन सकेको छैन । ३४ जना घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
धरानबाट पोखरातर्फ जाँदैगरेको ग. १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ ।


