×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतको सर्वोच्च अदालतले भन्यो – ‘मणिपुरको हिंसात्मक द्वन्दमा एनजिओको हस्तक्षेप’

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भारतको सर्वोच्च अदालतले मणिपुरको हिंसात्मक जातीय द्वन्द्वमा गैरसरकारी संस्थाहरू संलग्न रहेको र उनीहरुले त्यहाँ अनावश्यक हस्तक्षेप समेत गरेको बताएको छ । जम्मू र कश्मीरका पूर्व प्रधानन्यायाधीश गीता मित्तलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको थियो ।

    मणिपुरको हिंसात्मक जातीय द्वन्दको स्थलगत अध्ययन गरेपछि तयार गरिएको एउटा प्रतिवेदनका आधारमा सर्वोच्च अदालतले गैरसरकारी संस्थाहरूको भूमिकाबारे किटेरै टिप्पणी गरेको छ । गैरसरकारी संस्थाहरूले मणिपुरको राजधानी इम्फालका शवगृहमा राखिएका शवहरुको दाहसंस्कार रोक्न, आफन्तहरूलाई शव स्वीकार गर्नबाट रोकेको र जातीय द्वन्द जारी राख्न प्रयास गरेको आरोप सर्वोच्चले लगाएको छ ।

    आफ्नो पहिलो स्थलगत अध्ययनपछि सर्वोच्च अदालतमा पेश गरिएको प्रतिवेदनमा, तीन शवगृहमा राखिएका ९४ वटा बेवारिसे शवहरू मध्ये ८८ वटा पहिचान भएको बताएको छ । तर नागरिक समाजका संगठनहरू त्यस्ता शवहरुको दाहसंस्कार गर्नबाट रोक्न सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ । ती शवहरु नबुझ्न आफन्तहरूलाई जबरजस्ती दबाब दिइरहेको र आफन्तहरू अन्तिम संस्कार गर्न इच्छुक भए पनि उनीहरु ती संस्थाहरुको दबाबमा परेको उल्लेख गरिएको छ ।

    ‘एनजीओहरू जातीय समुदायहरू बीचको तनाव कायम राख्न र राज्यमा शान्ति र सद्भावको पुनस्र्थापना हुन नदिन सक्रिय छन्, यस कारणले गर्दा पनि यस विषयमा थप सत्यतथ्य सर्वोच्च अदालतमा पेश हुन सकेको छैन’,समितिले प्रतिवेदनमा भनेको छ ।

    ‘राज्य सरकारले अवरोध गर्ने तत्वहरु ध्यानमा राख्दै जातीय हिंसाका पीडितहरूको दाहसंस्कार गर्न विभिन्न नौ स्थानहरू पहिचान गरेको थियो र आफन्तहरूलाई ती मध्ये कुनै एक छनौट गर्न अनुमति दिएको थियो । दुर्भाग्यवश, एनजिओहरुले अनुपयुक्त ठाउँहरूमा सामूहिक अन्त्येष्टिमा जोड दिइरहेका छन्, जसले मणिपुरमा समुदायहरूबीचको तनावलाई अझ भड्काउने खतरा छ । जसले यो परिस्थितिलाई सामान्य बनाउने प्रयासलाई अवरोध पुर्याउने छ’ प्रतिवेदनमा उल्लेख छ ।

    गएको अगस्ट ३ मा ती एनजिओहरुले सरकारी रेशम खेती फार्ममा अवैध रूपमा सामूहिक दाहसंस्कारको प्रयास गरेका थिए । परिणामस्वरूप हजारौं मानिसहरूले त्यहीं प्रदर्शन पनि गरे । जसले गर्दा तनावको स्थिति सिर्जना भयो । केन्द्र सरकारको हस्तक्षेपपछि मात्रै कार्यक्रम स्थगित भएको थियो ।

    त्यस्ता विरोध प्रदर्शनको पीडादायी परिणाम उल्लेख गर्दै समितिले भनेको छ, ‘चुराचन्दपुरका उपायुक्तको कार्यालयको प्रवेशद्वार अगाडि झण्डै ५० वटा शव राखिएको छ । विरोधको यो स्वरूप निरन्तरको द्वन्द जारी राख्ने उदेश्य हो । आफन्त र प्रियजनहरू गुमाउने परिवारका लागि यो पीडादायी परिस्थिति त्यहाँ कायम छ ।

    आफन्तहरुले ती शवहरुको दाहसंस्कार गर्न पाएनन् र अवरोध कायमै रह्यो भने स्थानीय निकायले हस्तक्षेप गरेर भएपनि शवहरुको दाहसंस्कार गर्नुपर्ने छ भनेर सर्बोच्च अदालतको अध्ययन समितिले सुझाव दिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.