साँकेतिक तस्बिर
झापा । झापाको कमल गाउँपालिकामा आज बिहान बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार छोराले सोमबार बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै ज्यान गएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको हो ।
बुवा हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले कमल गाउँपालिका–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















