गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाबाट गएको ४ महिनामा करिब ५ हजार जनाले नागरिकता लिएका छ्न । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार ४ महिनाको अवधीमा ४ हजार ७५४ जनालाई नागरिकता लिएका हुन ।
कार्यालयकाे अनुसार बंशज, बैवाहिक अंगीकृत, आमाको नामबाट नागरिकता तथा नागरिकताको प्रतिलिपी र गैरआवासीय गरि ६ प्रकारका नागरिकता कार्यलयले उपलब्ध गराउदै आएको छ ।
जन्मको आधार र बैवाहिक अंगीकृतका आधारमा पनि कार्यालयले नागरिकता जारी गर्ने भए पनि यो अवधी त्यस्ता प्रकारका नागरिकताका लागि भने सिफारिस नआएको कार्यालयका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले बताए ।
उनका अनुसार पछिल्लो समय कार्यालयबाट सरकारी निति अनुसार विदेशमा रहेका ३ जना गोरर्खालीलाई गैर आवासीय नागरिकता बितरण भएको छ । जसमा १ जना महिला र २ जना पुरुष रहेका छन् ।
कार्यालयले अघिल्लो साउनदेखि कार्तिक मसान्तसम्ममा सबैभन्दा धेरै प्रतिलिपी नागरिकता बितरण गरेको छ । कार्यालयले १ हजार ३० जना महिला र १ हजार ३६१ गरी कुल २ हजार ३९१ जनालाई प्रतिलिपी बितरण गरेको छ ।
त्यस्तैगरी, सर्वोच्च अदालतको आदेशपछी सरकारी नितिअनुसारको आमाको नामबाट पाउने नागरिकता लिनेको संख्या १४ जना पुगेको पनि कार्यालयले जानकारी दिएको छ । कार्यालयले आमाको नामबाट अघिल्लो ४ महिनामा १ जना महिला र १३ जना पुरुषलाई नागरिकता बितरण गरेको छ ।
त्यस्तै सोही अवधीमा बंशजको आधारमा कार्यालयले २ हजार ३४६ जनालाई नागरिकता बितरण गरेको छ । जस अन्तरर्गत १ हजार २६२ महिला र १ हजार ८४ जना पुरुषलाई कार्यालयले नागरिकता बितरण गरेको उनले बताए ।


