विराटनगर । उदयपुरमा भएको स्कुल बस दुर्घटनाका घाइतेमध्ये ३ जनाको ज्यान गएको छ । बनभोज खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका–५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकास चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा सिकिस्त घाइते भएका १२ जनालाई विराटनगर ल्याइएको छ । घाइते अन्य २५ जनाको उदयपुर सदरमुरकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।


