×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रासस

    पोखरा । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ ।

    प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।

    त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उहाँले बताउनुभयो ।

    “पर्यटकीय हिसाबले गण्डकी प्रदेश निकै धनी प्रदेशको रुपमा रहेको र थुप्रै सम्भावनासमेत बोकेका कारण यस प्रदेशको पर्यटनलाई थप उचाइमा पु¥याउन चिनियाँ सरकारसँग सहकार्य गर्नसमेत हामी इच्छुक छौँ”, मुख्यमन्त्रीले भन्नुभयो ।

    हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताउनुभयो । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकारबाट सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई मजबुत बनाउन यस्ता प्रतियोगिताले योेगदान गर्ने बताउनुभयो । पर्यटकीयस्थल पोखरामा यसअघि नेपाल चीन ड्रागन बोट फेस्टिबल सम्पन्न भइसकेको बताउँदै उहाँले त्यसले पोखरामा चिनियाँ पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको बताउनुभयो ।

    दुई देशबीचको आसपी सहयोग अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै चिनियाँ राजदूतले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको बताउँदै उहाँले त्यस क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गरिने जानकारी दिनुभयो ।

    ‘साझा समृद्धिका लागि दौड’ भन्ने नाराका आयोजित प्रतियोगिताअन्तर्गत सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार समूहमा प्रतिस्पर्धा आयोजना भएको छ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गरेका छन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ ।

    सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् ।

    यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला तथा पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउने छन् । यसैगरी, उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चौथोदेखि सातौँसम्मको रु १८ हजार र दशौँसम्मका धावकले रु नौ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

    लेकसाइडको बाराहीघाटबाट सुरु प्रतियोगिता बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

    यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउने छन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.