गोरखा । गोरखाबाट विभिन्न कामका सिलसिलामा राजधानी तथा विदेशमा बस्दै आएका बारपाक सुलिकोट गाउँपालिकाका युवाहरु आज राजधानीमा भेला भएका छन् । सामाजिक काम गर्ने संस्था स्थापनार्थ युवाहरुको भेला गरिएको अभियान्ता सञ्जिप अंगाईले जानकारी दिए ।
राजधानीको नयाँबजारमा रहेको सगुन क्याफेमा शनिबार बिहान युवाहरु भेलाभइ पालिकाभित्र सामाजिक काम गर्ने गरी एक संस्था स्थापना गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
भेलाले अंगाईको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा विजय अंगाई, दिपक बस्ताकोटी, सागर बराम, पूर्णबहादुर गुरुङ, विवश परियार, मदन नगरकोटी, ईश्वर ढकाल र गणेश परियार चयन भएका छन् ।
समितिले केही दिनभित्रै पूर्ण भेला गर्ने गरी संस्थानको नाम चयन गर्नेदेखी बिधान तयार गर्ने जिम्मा पाएको संयोजक तथा अभियान्ता अंगाईले जानकारी दिए ।
सोही बैठकले विदेशमा रहेका युवाहरुलाई पनि रोजगारीको र्सिजना गर्दै स्वदेश फर्कन प्रोत्साहित गर्ने गरी संस्थाले कार्यक्रम ल्याउने पनि निर्णय गरेको संयोजक अंगाईले बताए ।




