साँकेतिक तस्बिर
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको १ घरमा गएराति आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । सोही आगलागीमा परेर अन्य १ जना घाइते भएको प्रहरील जानकारी दिएको छ ।
ज्यान गुमाउनमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले पुष्टी गरेको हो ।
सोही आगलागीमा परेर २८ वर्षकी करिष्मा चन्द गंभिर घाईते भएकी छिन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


