साँकेतिक तस्बिर
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल भएको चितवन प्रहरीले पुष्टी गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।


