फाईल तस्बिर
चितवन । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताए ।
बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ । उहाँले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो ।




















