गोरखा । मनकामना केबुलकारको २५औं बार्षिक उत्सवको पूर्व सन्ध्यामा चितवन र गोरखाकाको २ भिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । केबुलकारमा कार्यरत कर्मचारीहरुले गोरखाको मनकामना मन्दिर परिषर र चितवनको चेरेश बजार सरसफाई गरेको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए ।
२०५५ साल मंसिर ८ गते विधिवत उद्घाटन गरे सञ्चालनमा आएको केबुलकारले आउदो शुक्रबार २५ बर्ष पुरा गरेर २६ बर्षमा प्रवेश गर्दैछ । सोही अवशरको पूर्व सन्ध्यामा २ फरक स्थानमा केबुलकारका कर्मचारीहरुले सरसफाई सम्पन्न गरेको स्टेशन म्यानेजर शेरचनले जानकारी दिए ।
तात्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उदघाटन गरेको उक्त केबलकार चितवनको चेरेशमा बटम स्टेशन बाट गोरखाको मनकामनामा मन्दिर क्षेत्रमा सञ्चालित छ ।
सञ्चालनको यो अवधिमा २५ बर्ष पार गर्न लाग्दा स्वदेशी तथा विदेशी गरी आजसम्म १ करोड ८१ लाखभन्दा बढी तिर्थ यात्री तथा पर्यटकले केबुलकारको यात्रा गरिसकेको पनि सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए ।
केबुलकार यात्रा गर्नेहरु मध्ये नेपाली, भारतीय, सार्क-चाइना र फरेनर गरी विभिन्न देशकाले भिन्न भिन्न दरमा रकम भुक्तानी गनुपर्ने हुन्छ । सर्वसाधारण नेपाली ७७०, बच्चाले ४६०, बिद्यार्थी, ५७५, जेष्ठ नागरिक ५४० र फरक क्षमता भएकाहरुले ३८५ रुपैयाँ तिरेर दुई तर्फी यात्रा गर्न सक्नेछन् ।
त्यस्तैगरी, भारतीयहरुले ६७० आईसी, सार्क तथा चाइनाका नागरिकहरुले १० डलर फरेनरहरुले भने २० डलर भुक्तानी गरेर दुई तर्फी यात्रा गर्न सक्ने ब्यवस्था केबुरकारले गरेको छ ।
एनालग प्रविधिमा सञ्चालित उक्त केबलकार आउदो बर्षदेखी डिजिटल प्रविधिमा जाने पनि सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिए ।




