गोरखा । बहुविबाहको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपनालिका-९ मिरकाेट पिपलटारी घरभएका बर्ष ३३ को मनोज गुरुङले घरमा बिवाहित श्रीमती हुँदा हुँदै अर्काे बिहे गरेकाे आराेपमा गाेरखा प्रहरीले पक्राउ गरेकाे हाे ।
मनाेजले कास्की पोखरा महानगरपालिका–३१ बस्ने बर्ष २८ की मनकुमारी लामासँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गुरुङका श्रीमती ३२ की संगिता गुरुङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उनिहरु विरुद्ध बहुबिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थपगरी प्रहरीकाे हिरासतमा राखी अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएको छ ।




















