कावासोती । नवलपुरको कावासोती नगरपालिका–१६ पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार एक आपसमा ठक्रखादा १ जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
कावासोती नगरपालिका–१६ को पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु. २ ख ५८०५ नम्बरको ट्रक र लु. ३ च १०२४ नम्बरको कार एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका–८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
सोही दुर्घटना हुँदा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका–८ ,बस्ने २८ वर्षीय सरोजकुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।




















