साँकेतिक तस्बिर
पोखरा । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनका श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार ज्यान गएको प्रहरीले जनाएको छ ।
सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट घटना स्थल पुगेको प्रहरीको टोलीले उनीहरुलाइ उद्वार गरेको थियो ।
दुवै जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।




















