साँकेितक तस्बिर
गोरखा । काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलेको आरोपमा प्रहरीले गोरखाका १ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
वृत्तले परियार सहित अन्य ४ जनलाई पनि आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।



