काठमाडौं । साताकाे दास्राे दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।


