×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५१ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

भोली विश्वकप क्रिकेट फाइनल : जीतका लागी भारतीयले गरे पूजापाठ र हवन

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भोलि आइतबार क्रिकेट विश्व कपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिष्पर्धा गर्दैछन् ।

    विश्वकपको फाइनल आइतबार दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका शहरहरूमा छ तारे, पाँच तारे र तीन तारेसम्मका सुविधाजनक होटलहरु बूक भैसकेको छ । अरु स्तरका होटलहरूमा पनि कोठाको माग आकाशिएको छ ।

    क्रिकेटको यो क्रेज यति बलियो छ कि आइतबार रातिको लागि शीर्ष छ तारे होटलहरूको कोठा भाडा १ लाखसम्म पुगेको छ । समर्थकहरुले भारतको जीतका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चना सहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

    रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म विशेष ट्रेनहरू चलाउने घोषणा समेत गरीएको छ । फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन् ।

    खेल अघि एयर शो हुने

    फाइनल खेलअघि भारतीय वायुसेनाले एयर शो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो शो खेल हुनुभन्दा करिब ९ मिनेट अघिसम्म चल्नेछ ।

    फेडरेशन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीका अनुसार दुबई, अष्ट्रेलिया, दक्षिण अफ्रिकाका फ्यानहरू पनि अहमदाबाद उत्रिसकेका छन् । शहरका तीन र पाँचतारे होटलमा ६ हजार ९०० कोठा छन् । गुजरातमा हजारौं कोठा छन् ।

    खेल हेर्न भारतबाहिरबाट २ हजार दर्शक आउने अपेक्षा गरिएको छ । जसका कारण छ तारे होटलमा कोठा भाडा १ हजारको सट्टा साढे २ लाख रुपैयाँसम्म पुगेको छ ।

    रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि थप उडानहरूको व्यवस्था गरेका छन् । त्यहाँ मुम्बई र अहमदाबाद बीच दैनिक उडानहरू छन् । फाइनल खेलका कारण उडानको संख्या उत्कर्षमा पुगेको छ ।

    शनिबार र आइतवार अहमदाबाद एयरपोर्टमा ८० भन्दा बढी चार्टर्ड विमानहरू अवतरण गर्न सक्ने बताइएको छ । अहमदाबाद एयरपोर्टको क्षमता चार्टर्ड प्लेनको पार्किङका लागि मात्रै छ । यस्तो अवस्थामा गान्धीनगर र वडोदरामा धेरै प्लेन पार्किङ हुनेछन् भने इन्डियन एयरलाइन्स र सेलिब्रेटीका चार्टर्ड प्लेनलाई पनि सुरत, राजकोटमा पार्किङको सुविधा दिइएको छ ।

    भारतीय कप्तान एमएस धोनी र कपिल देव पनि खेल हेर्न अहमदाबाद पुग्नेछन् । कपिल देवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.