विराटनगर । विराटनगरको मुख्य बजारमा एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा १ जना युवकलाई पक्राउ परेको छ ।
प्रकाउ पर्नेमा विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत रहेको प्रहरी पुष्टी गरेको हो ।
उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोर्डदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन गएको कार्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्डदै गर्दा कामत पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ ।


