काठमाडौं । नेपाल कराते महासंघले, सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, महासंघले आगामि मंसिर १२ गते देखि १७ गते सम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो ।
महासंघलले २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएको हो । यो आयाेजनाबाट नेपालमा करातेको विकासमा एउटा कोसेढुङ्गा सावित हुनसक्ने अनुमान नेपाल कराते महासंघले गरेको छ ।
च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकालगायतका देशहरुको सहभागीता रहने संघले जानकारी दिएको छ ।
आयोजकले सबै सहभागीहरूको लागि एक विदाई रात्रिभोज समेत आयोजना गर्ने छ ।



