सिरहा । बाख्राकोलागी भन्दै रुखमा पात टिप्न चढेका गोबिन्दपुरका १ जना पुरुषको आज लडेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा लहान नगरपालिका–२४ गोबिन्दपुर बस्ने ४५ वर्षीय संजय साहु भएको शुक्रबार दिउँसो ज्यान गएको हो ।
घर नजिकको खेतबारीमा रहेको कटहरको रूखमा चढी बाख्रालाई पात टिप्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटो नै ज्यान गएको सिराह प्रहरीले जानकारी दिएको छ ।


