बागलुङ । भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा बागलुङको ढुवाखोरमा १ जनाको पुरुषको आज ज्यान गएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार ज्यान गएको हो ।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकको करेन्ट लागेर घटना स्थालमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्ष तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
घटनका सम्बन्धमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली पुगेको पनि प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत आयोजनाको लापरवाहीका कारण नेपालीको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् ।


