साँकेतिक तस्बिर
काठमाडौं । दाङको बङ्गलाचुलीमा बुधबार भएको अटो दुर्घटनामा घाइते भएकी १ जना महिलाको आज उपचारका क्रममा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले पुष्टी गरेको हो ।
दुर्घटनामा गंभिर घाईते भएकी बुढाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा बिहीबार बिहान ज्यान गएको हो । उनी सवार अटो बुधबार दिउँसो बङ्गलाचुली–५ को गुरासेनी डाँडाबाट ५०० मिटर तल खसेको थियो । रा. १ ह ५८०५ नं को अटो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


