काठमाडौं । भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा भएको बस दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाईते भएका छन् ।
यात्रुबाहक बस ३०० फिट गहिरो खोंचमा खसेको छ । बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गईरहेको थियो । प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका छन् ।
बुधकार भएको दुर्घटनामा बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो ।
घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैंयाँ र घाईतेलाई ५० हजार रुपैंयाँ सहयोग दिने घोषणा गरिसकेका छन् ।


