गोरखा । गोरखा सदरमुकाममा दिउसो ट्याक्सी र कार एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका छन् । घाईते भएका सबै जना ट्याक्सीमा सवार भएका ब्यत्ती भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार बुधबार दिउसो २ बजे गोरखा नगरपालिका–८ को आहालेमा रहेको शसत्र प्रहरी बेश क्याम्प नजिकै २ कार एक आपसमा ठक्कर खाएको हो ।
गोरखा बजारबाट कोखे आहाले तर्फ जादै गरेको ग. १ ज ७९७५ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आएको बि एबी ७८११ नम्बरको कार एक आपसमा ठक्कर खादा ट्याक्सीमा सवार गोरखा नगरपालिका–८ का विपिन अच्छामी, निरमायाँ रोकाया र ज्ञानबहादुर आलेमगर घाईते भएका थिए ।
घाईते सबैलाई प्रहरीले उद्वार गरी गोरखा अस्पताल ल्याएको थियो । अस्पतालमा सामान्य उपचार पछि तिनैजना घर फर्किएको पनि प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना भएका दुवै सवारीका धनी बिच जिल्ला ट्राफिक प्रहरी कार्यालयमा छलफल चलिरहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीकाे प्रारम्भीक अनुसन्धानमा गाेरखा बजारबाट आहाले तर्फ गएकाे ट्याक्सी तिब्र गतीमा गएकाेले नियन्त्रण गुमाउदा दुर्घटना भएकाे अनुमान गरिएकाे छ ।





















