साँकेतिक तस्बिर
काठमाडौं । ललितपुरको तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । गोदावरी नगरपालिका–१० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ ।
गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको ज्यान गएको ललितपुर प्रहरीले जानकारी दिएको हो ।
उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा गंभिर घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएकोमा चिकित्सकहले उनीलाई मृत घोषणा गरेको ललितपुर प्रहरीले जानकारी दिए छ ।


