काठमाडौं । नेपाली सेनाले मोरङको बरगाछीमा आगलागीबाट घाइते थप १० जना हवाई उद्धार गरेर राजधानी ल्याएको छ ।
मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा हिजो आगलागी हुँदा निभाउन गएका ४ जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापा अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौ ल्याइएको हो ।
कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौ ल्याइएको थियो ।


