×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५१ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

पोखरामा फूलसँग खेल्दै गोरखाकी रजिता

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीका रजिता गुरुङलाई फूल बेच्न भ्याई नभ्याई छ । यमपञ्चक सुरु भएदेखि नै उहाँको व्यस्तता बढेको हो ।

    रजिताको नर्सरीमा फूल किन्ने पुरानै ग्राहकको भीड छ । भाइटीकाको अघिल्लो दिनभन्दा आज उनी बिहानैदेखि व्यस्त छन् । “मेरोमा पुरानै ग्राहकको भीड हुन्छ । तिहार सुरु भएदेखि नै फूल किन्नेहरू आइरहनुहुन्छ,” रजिताले भने, “अझै आज र भोलि त निकै ब्यस्त भइन्छ ।” अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि उनले ४ हजार ५०० सयपत्री फूलको विरुवा लगाउनुभएकी थिइन ।

    रजिताले फूलको खेती सुरु गरेको ८ वर्ष भयो । विसं २०७३ मा गोरखाबाट पोखरा आएर नर्सरी चलाएदेखि नै उनले तिहारका लागि सयपत्री फूल रोप्न थालेको हो । “सुरुमा नर्सरी खोलियो अनि तिहारमा सयपत्री फूल लगाउन थालेको हुँ,” उनले भने, “यो मौषमी फूल हो । तिहारमा अरु फूलभन्दा यही बढी बिक्री हुन्छ ।”

    रजिताले सयपत्रीको प्रतिथुङ्गा ५ रुपैयाँमा बिक्री गरेकी छिन् । टीकाका दिनसम्म आफ्नोमा भएको सबै फूल बिक्री हुनेमा रजिता विश्वस्त छ । “पहिला पनि फूल पु¥याउनै गाह्रो भएकै हो । यो वर्ष पनि उही पुराना ग्राहकहरू आइरहनुभएको छ,” उनले भने, “यो वर्ष फूल पनि राम्रो भएको छ । यहाँको सबै सयपत्री फूल बिक्री हुनेमा म विश्वस्त छु ।”

    रजिताले यो वर्ष सयपत्री फूल बिक्री गरेर १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने आँकलन गरेको छ । “यो वर्ष फूल बिक्रीबाट डेढ लाख जती आम्दानी गरिन्छ की भन्ने आशा छ,” रजिताले भने, “त्यसमा पचास हजार रुपैयाँ जति खर्च भएको छ । आफ्नो मेहनत छुट्टै छ । सबै खर्च कटाउँदा ७०–८० हजार जति फाइदा होला ।”

    रजिताको नर्सरीमा अन्य फूलका बिरुवाहरू पनि छन् । सयपत्री, मखमली, गोदावारी, जाडो मौषमका फूलमा फिटुनिया, प्यान्जी, भ्यागुते लगायत फूलको विरुवा छन् । जसले गर्दा रजिता अरु दिन पनि नर्सरीमा व्यस्त हुनछन् । नर्सरीमा उनको श्रीमान शङ्कर गुरुङले पनि राम्रै साथ दिइरहेको रजिताले बताए । साथै नर्सरीमा दैनिक ३ जना कर्मचारीले काम गरिरहेका छन् ।

    फूलको बिरुवा बिक्री अनि सयपत्री फूल बेचेको पैसाले रजिताको परिवार पालिएको उनले बताए । “मेरो परिवारमा श्रीमान, म अनि एउटा बच्चा छ । एक जना बहिनी पनि मैसँग बस्छिन् । उनले पनि मलाई नर्सरीमा साथ दिन्छ,” रजिताले भने, “नर्सरीबाट वर्षमा यति नै कमाउँछु भन्ने यकिन त छैन् । तर, यहाँको कमाइले खान, लगाउन, अनि दुःख बिमार हुँदा उपचार गर्न पुगेको छ ।” नर्सरीमा काम गर्ने ३ जना कामदार पनि पारिश्रमिकबाट खुसी नै रहेको रजिताले सुनाइन ।

    सानोदेखि नै फूलमा शौखिन भएकाले नर्सरी व्यावसायमा लागेको रजिताले बताए । अहिले फूलसँग रमाउने र कमाउने पेसाले आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । “मन परेको काम गर्न पाएको छु, निकै खुसी छु,” रजिताले भने, “फूलबाट भएको आम्दानीले परिवार पाल्न पाउँदा झनै सन्तुष्ट छु ।”

    यो व्यावसायमा झरी अनि असिना पानीको समस्या रहेको रजिता बताउछिन । सरकारी निकायमा दर्ता गरेर व्यावसाय गर्नेहरूलाई समस्या परेका बेला साथ दिनुपर्ने उनको तर्क छ । “पोहोर सालको दशैमा झरी पर्दा मैले लगाएको फूललाई धेरै असर ग¥यो । क्षति पनि भयो । कहाँ कसलाई भन्ने थाहै भएन्,” रजिताले भने, “सरकारी निकायमा दर्ता गरेपछि सरकार छ भन्ने पनि आभास दिलाउनुपर्छ । अरुले छुट अनुदान के के हो पाए भन्छन् मैले त अहिलेसम्म केही लिएको छैन् ।”

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.